Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

संघीय मामिला मन्त्रालयले सरकारी कर्मचारीसँग माग्यो ‘नवीन सोच’


काठमाडौं। संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा अन्तर्निहित नवीन सोच तथा इनोभेटिभ आइडिया प्रस्फूटन गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयमा परिपत्र गरेको छ । सरकारी कार्यालयका कर्मचारीबाट आएको सोच तथा सुझावलाई सार्वजनिक सरोकारका विषयमा उपयोग गर्ने मन्त्रालयको उद्देश्य छ ।

उक्त मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ देखि प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को दफा ४ बमोजिमको निर्देशन समितिको गत माघ १५ गते बसेको बैठकले नवीन सोंच तथा इनोभेटिभ आइडिया माग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश कुमार ढकालका अनुसार सबैबाट आएको बिचारमध्ये शीर्ष १० मा छनौट हुने प्रतियोगीले प्रत्यक्ष प्रस्तुतिकरण गर्नुपर्ने हुन्छ र उक्त कार्यक्रम टेलिभिजनमार्फत प्रसारण गरिन्छ भने सो प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको समेत व्यवस्था रहेको जानकारी ढकालले दिएका छन् ।

1

2

3

 

4


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?