Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

संघीय मामिला मन्त्रालयले सरकारी कर्मचारीसँग माग्यो ‘नवीन सोच’


काठमाडौं। संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा अन्तर्निहित नवीन सोच तथा इनोभेटिभ आइडिया प्रस्फूटन गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयमा परिपत्र गरेको छ । सरकारी कार्यालयका कर्मचारीबाट आएको सोच तथा सुझावलाई सार्वजनिक सरोकारका विषयमा उपयोग गर्ने मन्त्रालयको उद्देश्य छ ।

उक्त मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ देखि प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को दफा ४ बमोजिमको निर्देशन समितिको गत माघ १५ गते बसेको बैठकले नवीन सोंच तथा इनोभेटिभ आइडिया माग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश कुमार ढकालका अनुसार सबैबाट आएको बिचारमध्ये शीर्ष १० मा छनौट हुने प्रतियोगीले प्रत्यक्ष प्रस्तुतिकरण गर्नुपर्ने हुन्छ र उक्त कार्यक्रम टेलिभिजनमार्फत प्रसारण गरिन्छ भने सो प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको समेत व्यवस्था रहेको जानकारी ढकालले दिएका छन् ।

1

2

3

 

4


प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?