Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

परराष्ट्रमन्त्री र बेलायती सेना प्रमुखबीच भेटवार्ता


काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल प्याट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गोर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेना प्रमुखसँग अनुरोध समेत गरे ।

सेना प्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए । त्यस्तै, गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए । नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्‍याएको सहयोगका लागि साउदले धन्यवाद दिएका थिए ।

त्यस्तै, बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए ।आगामी सहयोग नेपालमा रोजगारी सिर्जना र पर्यटन विकासलगायत आर्थिक वृद्धिमा केन्द्रित जानकारी बेलायती पक्षले गराए ।

नेपालले राष्ट्र संघीय शान्ति मिसनमा पुर्‍याएको योगदानको बेलायती सेना प्रमुखले उच्च प्रशंसा गरे ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?