Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

परराष्ट्रमन्त्री र बेलायती सेना प्रमुखबीच भेटवार्ता


काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल प्याट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । भूतपूर्व गोर्खाका मागलाई सम्बोधन गर्दैमा बेलायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गोर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेना प्रमुखसँग अनुरोध समेत गरे ।

सेना प्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताए । त्यस्तै, गोर्खाका मागलाई बेलायतले गम्भीरताका साथ लिएको बताए । नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्‍याएको सहयोगका लागि साउदले धन्यवाद दिएका थिए ।

त्यस्तै, बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए ।आगामी सहयोग नेपालमा रोजगारी सिर्जना र पर्यटन विकासलगायत आर्थिक वृद्धिमा केन्द्रित जानकारी बेलायती पक्षले गराए ।

नेपालले राष्ट्र संघीय शान्ति मिसनमा पुर्‍याएको योगदानको बेलायती सेना प्रमुखले उच्च प्रशंसा गरे ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?