Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग


कञ्चनपुर। सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई व्यवसाय गरी आयआर्जन गर्न आर्थिक सहयोग गरेको छ । कञ्चनपुरका चार स्थानीय तहका १२ जनालाई सो सहयोग प्रदान गरिएको हो ।

शुक्लाफाँटा, कृष्णपुर र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा फरक क्षमता भएका व्यक्तिलाई व्यवसाय गर्न जनही रु १९ हजारका दरले सहयोग उपलव्ध गराइएको छ भने समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आवद्ध फरक क्षमता भएका व्यक्तिलाई खुद्रापसल, मसाला पसल, किराना पसल, सिलाइकटाई पसल सञ्चालन तथा बाख्रपालनका लागि सहयोग उपलव्ध गराइएको हो ।

“थोरै भए पनि व्यवसाय थाल्न रकम उपलव्ध गराइएको हो, व्यवसाय सञ्चालन पछि तालिम र बजार प्रवद्र्धनमा सहयोग गर्छौँ,” अध्यक्ष जोशीले भने । त्यस्तै, खुद्रापसल, सिलाई कटाई, किराना पसल र मसाला पसल सञ्चालनका लागि एक एक जना तथा बाख्रापालनका लागि आठ जनालाई सहयोग गरिएको छ ।

उक्त सहयोग पाउनेमा पुर्नवास र लालझाडीका एक एक, शुक्लाफाँटाका तीन तथा कृष्णपुरका सात जना रहेका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?