Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग


कञ्चनपुर। सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई व्यवसाय गरी आयआर्जन गर्न आर्थिक सहयोग गरेको छ । कञ्चनपुरका चार स्थानीय तहका १२ जनालाई सो सहयोग प्रदान गरिएको हो ।

शुक्लाफाँटा, कृष्णपुर र पुर्नवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा फरक क्षमता भएका व्यक्तिलाई व्यवसाय गर्न जनही रु १९ हजारका दरले सहयोग उपलव्ध गराइएको छ भने समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनमा आवद्ध फरक क्षमता भएका व्यक्तिलाई खुद्रापसल, मसाला पसल, किराना पसल, सिलाइकटाई पसल सञ्चालन तथा बाख्रपालनका लागि सहयोग उपलव्ध गराइएको हो ।

“थोरै भए पनि व्यवसाय थाल्न रकम उपलव्ध गराइएको हो, व्यवसाय सञ्चालन पछि तालिम र बजार प्रवद्र्धनमा सहयोग गर्छौँ,” अध्यक्ष जोशीले भने । त्यस्तै, खुद्रापसल, सिलाई कटाई, किराना पसल र मसाला पसल सञ्चालनका लागि एक एक जना तथा बाख्रापालनका लागि आठ जनालाई सहयोग गरिएको छ ।

उक्त सहयोग पाउनेमा पुर्नवास र लालझाडीका एक एक, शुक्लाफाँटाका तीन तथा कृष्णपुरका सात जना रहेका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?