Trending
>>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

कोशी प्रदेश स्तरीय भलिबल माघमा


भोजपुर। जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेशका पालिकाहरुले सहभागिता जनाउन पाउने गरी प्रतियोगिताको आयोजना हुने जिल्ला खेलकुद विकास समिति भोजपुरका अध्यक्ष दावा शेर्पाले जानकारी दिए । प्रतियोगितामा प्रदेशभरिका एक सय ३७ पालिकाले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद विकास कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले बताए ।

आगामी माघ २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाको खेलकुद पर्यटनमा समेत मद्दत पुग्नेछ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कोशी प्रदेशभरिका पालिकाहरुले नगद दुई हजार पाँच सय तिरेर टोली दर्ता गर्न पाउने अध्यक्ष शेर्पाले बताए ।

भलिबलका उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको भोजपुरमा पछिल्लो समयमा कम हुँदै गएको प्रतियोगिताले खेलाडीहरुमा उत्साहसमेत हराएकाले प्रदेश स्तरीय प्रतियोगिता नै आयोजना गर्नुपर्ने आवश्यकता भएको समितिका उहाँको भनाइ रहेको छ । “खेलकुद क्षेत्रको विकासका लागि समितिले काम गरिरहेको छ, खेलकुद क्षेत्रका लागि परिचित जिल्लाका रुपमा भोजपुरलाई चिनाउने गरी काम गर्ने छौँ,” अध्यक्ष शेर्पाले भने।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई पूर्ण सार्थकता दिनका लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास कार्यालयका सचिव शेर्पाले बताए । खेल बिनामानिस अधुरो हुन्छ भने खेलले स्वस्थ्यलाई सुधार्ने काम गर्छ र मानिस पूर्णरुपमा स्वास्थ्य हुन्छ भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ”, उनले भने ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?