Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

रैथाने कलाको संरक्षण गरिँदै


काठमाडौं। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली रैथाने कलाको संरक्षण तथा प्रवर्धन गर्ने भएको छ । नेपाली कलाको विकास र संरक्षणमा योजनाबद्ध ढङ्गले काम गर्ने नीतिगत तयारी गरेको प्रतिष्ठानले सातै प्रदेश, पालिका सरकार तथा सरोकार भएका सङ्घसंस्थासँगको सहकार्यमा रैथाने कलाको संरक्षण अभियान अघि बढाउन लागेको हो ।

“सकेसम्म छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोकसमुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिने निर्णय भएको छ”, प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले भने, “त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधिसमेत तयार गरिसकेको छ ।”

अहिलेसम्म रैथाने लोक कलाको संरक्षणमा खासै ध्यान पुगेको छैन । कला प्रदर्शनी पनि आधुनिकतामा केन्द्रित भइरहेका छन् । गाउँमा त्यस्ता मौलिक कला हराउँदै गएको छ । त्यसैले ती कलालाई जीवन्त राख्नुपर्ने आवश्यकता महसुस गरी रैथाने कलाको संरक्षणमा जोड दिइएको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी, ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यअनुसार प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान : अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने भावमा रही ललितकला क्षेत्रको रणनीतिक योजनासहित कला संरक्षणका लागि देशका सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो ।

त्यसरी संरक्षण गरिएका कलालाई सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्ने तयारी पनि भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । उनले भने “कलामा पुनःजागरण ल्याउने लक्ष्यअनुसार नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने योजनासमेत रहेको छ, प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गरिनेछ । सफल भएमा त्यसले नेपाली मौलिक कला संरक्षणमा सहयोग गर्नेछ ।”

उक्त कला क्षेत्रको विकास र प्रबर्धनका लागि अन्य धेरै योजनातर्जुमा गरी लागू गर्ने चरणमा प्रतिष्ठान पुगेको समेत उनले बताए ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?