Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

रैथाने कलाको संरक्षण गरिँदै


काठमाडौं। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली रैथाने कलाको संरक्षण तथा प्रवर्धन गर्ने भएको छ । नेपाली कलाको विकास र संरक्षणमा योजनाबद्ध ढङ्गले काम गर्ने नीतिगत तयारी गरेको प्रतिष्ठानले सातै प्रदेश, पालिका सरकार तथा सरोकार भएका सङ्घसंस्थासँगको सहकार्यमा रैथाने कलाको संरक्षण अभियान अघि बढाउन लागेको हो ।

“सकेसम्म छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोकसमुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिने निर्णय भएको छ”, प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले भने, “त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधिसमेत तयार गरिसकेको छ ।”

अहिलेसम्म रैथाने लोक कलाको संरक्षणमा खासै ध्यान पुगेको छैन । कला प्रदर्शनी पनि आधुनिकतामा केन्द्रित भइरहेका छन् । गाउँमा त्यस्ता मौलिक कला हराउँदै गएको छ । त्यसैले ती कलालाई जीवन्त राख्नुपर्ने आवश्यकता महसुस गरी रैथाने कलाको संरक्षणमा जोड दिइएको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी, ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने लक्ष्यअनुसार प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान : अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने भावमा रही ललितकला क्षेत्रको रणनीतिक योजनासहित कला संरक्षणका लागि देशका सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो ।

त्यसरी संरक्षण गरिएका कलालाई सातै प्रदेशमा प्रादेशिक प्रदर्शनी गर्ने तयारी पनि भएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । उनले भने “कलामा पुनःजागरण ल्याउने लक्ष्यअनुसार नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने योजनासमेत रहेको छ, प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गरिनेछ । सफल भएमा त्यसले नेपाली मौलिक कला संरक्षणमा सहयोग गर्नेछ ।”

उक्त कला क्षेत्रको विकास र प्रबर्धनका लागि अन्य धेरै योजनातर्जुमा गरी लागू गर्ने चरणमा प्रतिष्ठान पुगेको समेत उनले बताए ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?