Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

विवाह गर्दाको प्रतिज्ञा र अर्थ


-हरि मन्जुश्री

विवाहका बखत बेहुलालाई बेहुलीले सातवटा प्रतिज्ञा गराउँदी रहिछ । त्यति बेलाको संवाद यस्तो रहेछ

(१) बेहुली — ‘तीर्थ–व्रत र दानधर्ममा मलाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म तिमीलाई साथमै लैजान्छु ।’

(२) बेहुली — ‘मेरा मातापितालाई आफ्नै मातापितासरह सम्मान गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म सम्मान गर्नेछु ।’

(३) बेहुली — ‘घरका सम्पूर्ण आवश्यकताहरू पूरा गर्न सक्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म पूरा गर्नेछु ।’

(४) बेहुली — ‘मसँग सल्लाह गरेर घरायसी व्यवहार र आर्थिक कारोवार गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म सल्लाह गर्नेछु ।’

(५) बेहुली — ‘तिम्रा र मेरा साथीहरूका अगाडि मेरो अपमान गर्दैनौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म अपमान गर्दिनँ ।’

(६) बेहुली — ‘बुढी हुँदा पनि मेरो हेरचाह र भरणपोषण गर्न तयार छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म हेरचाह र भरणपोषण गर्नेछु ।’

(७) बेहुली — ‘परस्त्रीलाई मातासमान दृष्टि राख्छु भनेर वाचा गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ बेहुला — ‘म परस्त्रीलाई मातासमान मान्नेछु ।’

संस्कृत भाषामा लेखिएकाले र पुरोहितले पढिदिने हुनाले त्यति बेला के भनिएको हुन्छ भन्ने कुरा बेहुला–बेहुलीले बुझ्दैनन् । बुझ्ने हो भने पारिवारिक द्वन्द्व बढ्ने थिएन कि !


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?