Trending
>>   वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल >>   राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल >>   विराटनगर किङ्समाथि जनकपुरको सहज जित >>   सत्ता परिवर्तनका लागि काँग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छः अध्यक्ष दाहाल >>   रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण >>   गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार >>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल >>   युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए >>   स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा >>   आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु)
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

कोशी टप्पुमा आउन थाले विदेशी चरा


विराटनगर। सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विभिन्न मुलुकबाट चरा आउने क्रम सुरु भएको छ । दुर्लभ चराहरूको बासस्थान मानिने कोशीटप्पु र आसपास क्षेत्रमा जाडो याममा साइबेरिया, चीनलगायत मुलुकबाट चराहरू आउने गरेका छन् ।

त्यस्तै, चखेवा, जल हाँस, बिजुला गोइरी, श्वेत आँखी भुईँलगायत जातका चरा कोशीटप्पु क्षेत्रमा देखिएका छन् । यसैगरी ट्याकट्याके, बेल्चाढुँडे हाँस, सुडसुडियाजस्ता चरा देखिन थालेको आरक्ष कार्यालयले जनाएको छ । केही वर्ष अघिको तुलनामा अचेल उल्लेख्य संख्यामा भने चराहरू देखिएका छैनन् भने आरक्ष क्षेत्रमा रहेका सिमसारहरू सुक्दै जानु, चराको आहारा र बासस्थान मासिनु जस्ता कारणले चरा आगमन प्रभावित भएको स्थानीय जानकारहरूको भनाइ रहेको छ ।

मंसिर महिना लागेसँगै चराहरूको आउने क्रम सुरु भएको आरक्षका अधिकारीहरूले जनाएका छन् भने चराहरू आउने क्रम माघ दोस्रो सातासम्म रहन्छ । त्यस्तै, नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइने गरेको तथ्याङ्क रहेको छ । तीमध्ये कोशीटप्पु आरक्ष क्षेत्रमा मात्रै ५ सय २३ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् भने हासका मात्र ३४ प्रजाति नेपालमा पाइन्छ । यस क्षेत्रमा विश्वमै सङ्कटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पाइन्छन् । हिउँदका बेला विभिन्न देशबाट एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेको आरक्षले जनाएको छ भने चरा र वन्यजन्तु अवलोकन तथा अध्ययन गर्न देश तथा विदेशका आगन्तुकहरू आरक्ष क्षेत्रमा आउने गरेको सुनसरीको वराहक्षेत्रका भीष्म अधिकारी बताउँछन् ।

सिमसारहरू व्यवस्थित गर्दै चरा र वन्यजन्तुहरूको संरक्षणका लागि केन्द्रीयदेखि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने स्थानीय बासिन्दाहरूले बताउँदै आएका छन् । यसैगरी आरक्ष क्षेत्रमा रहेका जलाशय र सिमसारमा रहेका माछा स्थानीय बासिन्दाले सङ्कलन गर्ने भएकाले चराको आहारामा कमी आएको हो ।

त्यसैगरी, सिमसारहरू सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ भने स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रूपमा गर्न नसकिएको बताउँछन् ।

सिमसारहरू सफाइ गर्ने, पानी निरन्तर उपलब्ध हुने व्यवस्था गर्ने जस्ता काम आवश्यक रहेको जनाइएको छ । स्थानीय जनप्रतिनिधि भने स्थानीय सरकारको अधिकार र बजेट कटौती जस्ता कारणले चाहेर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा संरक्षणको काम अपेक्षित रूपमा गर्न नसकिएको बताउँछन् । पर्याप्त बजेट र अधिकार दिइए आरक्ष क्षेत्रको विकासमा स्थानीय सरकारले गर्न सक्ने काम धेरै रहेको सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीको भनाइ रहेको छ ।

२०६५ भदौ २ गते कोशी गाउँपालिकाको पश्चिम कुसाहा–४ मा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएपछि पनि चराको बासस्थान प्रभावित भएको थियो भने त्यसयता आरक्ष क्षेत्र आसपास मानवीय गतिविधि बढ्नुले पनि प्रभाव परेको जनाइएको छ त्यस्तै, चराको स्वर्ग भनेर चिनिने कोशीटप्पुमा चरा गणना पनि गर्ने गरिएको छ भने चराविज्ञ र प्राविधिकसहितको टोली सहभागी भएर हालसम्म ३३ पटक आरक्ष क्षेत्रका चरा गणना गरिएको छ ।

 


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?