Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी


जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण सार्वजनिक गरेको छ ।

सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले स्थानीय प्रशासनले किनारा लगाउने मुद्दाअन्तर्गत अभद्र व्यवहारमा परेको ४९ मुद्दामध्ये १० फैसला भई ३९ फछ्र्यौट प्रक्रियाका रहेको जानकारी दिनुभयो ।

उहाँले विकास निर्माणमा सहजीकरण, जलविद्युत् आयोजनाको सुरक्षा व्यवस्था, राजमार्ग नियमित सुचारुको अनुगमनलगायत कार्य गर्दै आएको बताउनुभयो । प्रजिअ प्रकाशचन्द्र अधिकारीले सेवा प्रदायक निकायसँग गुनासो भए तत्काल सूचना दिई सहयोग गर्न सेवाग्राहीसंग आग्रह गर्नुभयो ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?