Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नियन्त्रणमा लिइयो कौशलटारमा फेला परेको चितुवा


काठमाडौं। भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । उक्त चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो । अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ भने त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ । ‘सुरुमा चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत पराजुलीले भने । त्यस्तै, प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिएका थिए । सो वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’ सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो भने सो आक्रमणबाट दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ६५ की अमृता कँडेल र वर्ष ३३ की संगिता आलेमगर घाइते भएकी छन् । त्यस्तै, चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो भने लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भएको थियो । उक्त चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो भने प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?