Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नियन्त्रणमा लिइयो कौशलटारमा फेला परेको चितुवा


काठमाडौं। भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । उक्त चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो । अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ भने त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ । ‘सुरुमा चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत पराजुलीले भने । त्यस्तै, प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिएका थिए । सो वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’ सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो भने सो आक्रमणबाट दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ६५ की अमृता कँडेल र वर्ष ३३ की संगिता आलेमगर घाइते भएकी छन् । त्यस्तै, चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो भने लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भएको थियो । उक्त चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो भने प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?