Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित):-


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । उक्त प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ । त्यस्तै, ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ भने योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । त्यसैगरी, प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

हेर्नुस् सूचना:-


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?