Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काठमाडौंका ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन


काठमाडौं। महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिइएको हो । त्यस्तै, कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएकोे जानकारी दिए । प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ भने टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ । उक्त टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ भने मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण सङ्कलन गर्नेछ भने सङ्कलित विवरण अनुसार तथ्याङ्क तयार पारी राजस्व विभागका पेस गर्ने बताइएको छ । उनले भने,‘सात तले घरले सात हजार बहाल सम्झौता देखाएका छन् । जवकि हरेक भूमिगत तला र जमिन तला व्यावसायिक प्रयोजनमा देखिन्छन् । त्यस माथिका तला वहालमा लगाइएको छ । एउटै तलामा सात भन्दा धेरै कोठा छन् भने हरेक कोठाको सात हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि स्थलगत अनुगमन थालिएको हो । ”

विगतका वर्ष भन्दा चालु आर्थिक वर्षमा क्रमिक रुपमा करतादाको सङ्ख्या बढेपनि अपेक्षाकृत सबै करदाता कानुनी दायरामा नआएको कामपाको भनाइ रहेको छ । त्यस्तै, कामपाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको जनाएको छ । चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको छ भने चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए । त्यसैगरी सम्पत्ति करबाट रु २५ करोड असुल भएको छ भने गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?