Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एन्फाको विशेष साधारण सभामा लफडा, बोल्न नदिएको भन्दै बाहिरिए कर्मा


काठमाडौं। हेटौँडामा जारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विशेष साधारण सभास्थलमा लफडा भएको छ । अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको विशेष साधारण सभामा प्रस्तावक तथा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा बोल्न नपाएको भन्दै बाहिर निस्किएका छन् । सो हलबाट बाहिरिँदै उनले नेम्वाङ पक्षले पेल्न खोजेको आरोप लगाएका छन् भने अहिले हलमा व्यापक प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए भने कुल ११० प्रतिनिधि रहेकोमा साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् । उक्त साधारण सभामा शतप्रतिशत प्रतिनिधि उपस्थित रहेका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?