Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

विपद्को सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह


काठमाडौं। प्रेस काउन्सिल नेपालले प्राकृतिक विपदका समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । युट्युबलगायत सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यमबाट जाजरकोट भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहितका सन्देश पुष्टि नगरिकन प्रवाह भएको पाइएकाले काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । उक्त काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ भन्ने होडबाजीमा आधिकारिक तथ्य पुष्टि नगरिकन मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति र आफन्तजनमा थप पीडा पुग्ने गरी मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायत सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै, शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार म्यागनिच्युडको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त पनि गरेको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?