Trending
>>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

नेपालगन्जमा १०५ स्वास्थ्य संस्थाको फोहर व्यवस्थापनमा सहज


नेपालगन्ज। बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले जिआइजेडको सहयोगमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थाप लागू गरेपछि स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि ढुवानीका साधन विभिन्न अस्पताल, ल्याब, पोलिक्लिनिकमा पुग्ने गर्छन् । नेपालगन्जमा रहेका मेडिकल कलेज, नर्सिङहोम, अस्पताल, मेडिकल, ल्याबलगायतका विभिन्न स्वाथ्य संस्थाबाट निस्कने स्वास्थ्यजन्य फोहर स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले निश्चित शुल्क लिएर एक वर्षदेखि व्यस्थापन गर्दै आएको संस्थाका अध्यक्ष भानु भट्टले जानकारी दिए । सो संस्थाले स्वास्थ्यजन्य फोहर उठाउनका लागि स्थानीय सरकारसँग १० वर्षको ठेक्का लिएको छ । त्यस्तै स्वास्थ्य संस्थाबाट दुई प्रकारको फोहर उठाएको संस्थाले प्रतिदिन हानिकारक स्वास्थ्यजन्य फोहर करिब ९० किलोग्राम र सामान्य स्वास्थ्यजन्य फोहर प्रतिदिन एक सय ५० किलोग्राम उठेको जानकारी दिएको छ भने अध्यक्ष भट्टले उक्त फोहर व्यवस्थापनका लागि वातावरण विज्ञसहित १२ जनाको जनशक्ति भएको जानकारी दिँदै त्यसका लागि एउटा बक्स ट्रली र साधरण ट्रली भएको बताएका छन् । “सुरुमा हामीले रु पाँच लाख घाटा खाएर काम गर्यौँ । तर अहिले परिस्थिति बदलिएको छ”, उहाँले भन्नुभयो । संस्थाबाट उठाएको फोहर उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरमिनियास्थित ‘ल्याण्डफिल साइट’ परिसरमा व्यवस्थापन गरिएको छ ।

विभिन्न अस्पताल, मेडिकल, नर्सिङहोम, क्लिनिकले निकालेको फोहरको तौलका आधारमा रु तीन सयदेखि रु ७० हजारसम्म मासिक शुल्क तिर्ने गरेका छन् । त्यस्तै वातावरण इन्जिनियर प्रकाश डिसीले एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यसको परिणाम सकारात्मक देखिएको उल्लेख गर्दै यसमा सबैको सहयोग आवश्यक हुने बताए । फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । फोहर व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले संरचनासमेत निर्माण गरेको छ । संरचना निर्माणमा रु ४६ लाख लागत लागेको बताइएको छ । कतिपय फोहरलाई प्रशोधनसमेत गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न सहज भएको छ । उपमहानगरपालिकाले नियमितरूपमा निस्कने प्रतिदिन २५ टन फोहरको व्यवस्थापन गर्दै आएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?