Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न


पोखरा ।नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो । पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरि २ दिनसम्म चलेको थियो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल प्रतियोगिताको प्रमुख अतिथि रहनुभएको थियो । साथै उक्त प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत सञ्चालन भएको थियो ।

प्रतियोगिताको महिला तर्फको फाईनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई ४–० गोल अन्तरले विजेता बन्न सफल भएको थियो । त्यसैगरी पुरुष समूह तर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले प्रतियोगिताको विजेता बनेको थियो । प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी विनिता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाईनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पूरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सुजन के.सि.ले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए ।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल, महासचिव कृष्ण प्रसाद खराल, सहकोषाध्यक्ष रमेश खतिवडा, नेपाल राष्ट्र बैंक, पोखराका उपनिर्देशकहरु सम्झना ढकाल, नवीना ढकाल, पुष्कर सुर्खाली, सुदीप त्रिपाठी तथा गभर्नरको कार्यालयका उपनिर्देशक इन्द्रत्रिविक्रम पहारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका उपसंयोजक सूर्यप्रसाद तिवारी, डेपलपमेण्ट बैंकर्स एसोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर के.सी.को उपस्थिति रहेको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गर्नुभएको थियो ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?