Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

अनलाइन सपिङको ठगी धन्दा: अनलाइनबाट पैसाको कारोबार, कोठामा लुकाएर एक्सपाएर सामान डेलिभर !


१ भदाै, काठमाडाैँ । राजधानी काठमाडौंमा अनलाइन सपिङ्गको नाममा एक्सपाएर सामानको व्यापार हुने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आएको उजुरीका आधारमा अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठका अनुसार यस्ता उजुरी प्रशासनमा आएका छन् । यस आधारमा सहायक सिडियो श्रेष्ठको कमान्डमा बाणिज्य विभाग लगायतको टोलीले बिहीबार अनुगमन गरि कारवाही गरेको हो । अनुगमनका क्रममा अनलाइनबाट कारोबार गर्ने र डेट एक्सपाएर सामान डेलिभरी

उनलेे यसबारेका उजुरी प्रशासनमा आउने क्रममा रहेको र कानुनी दायरामा ल्याइने बताए । ” अनलाइनबाट अर्डर लिने र डेट एक्सपायर सामान डेलिभर गर्ने गरेको उजुरी छ । हामीले अनुगमन र कारबाहीलाई तीब्रता दिएका छौँ ।यस्ता स्टोर दर्ता र नवीकरण पनि नहुने गरेको पाएका छौँ । कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थमा खेलवाड गर्नेलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध छ,” उनले भने ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?