Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अनलाइन सपिङको ठगी धन्दा: अनलाइनबाट पैसाको कारोबार, कोठामा लुकाएर एक्सपाएर सामान डेलिभर !


१ भदाै, काठमाडाैँ । राजधानी काठमाडौंमा अनलाइन सपिङ्गको नाममा एक्सपाएर सामानको व्यापार हुने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आएको उजुरीका आधारमा अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठका अनुसार यस्ता उजुरी प्रशासनमा आएका छन् । यस आधारमा सहायक सिडियो श्रेष्ठको कमान्डमा बाणिज्य विभाग लगायतको टोलीले बिहीबार अनुगमन गरि कारवाही गरेको हो । अनुगमनका क्रममा अनलाइनबाट कारोबार गर्ने र डेट एक्सपाएर सामान डेलिभरी

उनलेे यसबारेका उजुरी प्रशासनमा आउने क्रममा रहेको र कानुनी दायरामा ल्याइने बताए । ” अनलाइनबाट अर्डर लिने र डेट एक्सपायर सामान डेलिभर गर्ने गरेको उजुरी छ । हामीले अनुगमन र कारबाहीलाई तीब्रता दिएका छौँ ।यस्ता स्टोर दर्ता र नवीकरण पनि नहुने गरेको पाएका छौँ । कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थमा खेलवाड गर्नेलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध छ,” उनले भने ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?