Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने


१६ श्रावण, काठमाडाैँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बैठक बोलाइएको जानकारी दिए । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिर्वाय अवकाशमा जानुहुने भएकाले नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागेको हो ।

उपसभामुख रानाका अनुसार नयाँ प्रधानन्यायाधीशका लागि तीन जनाको नाम प्रस्ताव गरिएको छ । उनले यसबारे बैठकमा छलफल गरी नाम सिफारिस गर्ने बताए ।

संवैधानिक व्यवस्था अनुसार असार १९ गतेनै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बोलाउन ढिलाइ भएको हो ।

संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?