Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना


१२ श्रावण, काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं परातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो ।

बाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले एक कायक्रमका बीच बिहीबार उक्त केन्द्रको कार्यालय उद्घाटन गरे । उनले पनौतीलाई धार्मिकरुपमा चिनाउन, पर्यटकको आगमनलाई वृद्धि गराउन, धार्मिक पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउँदै पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियामा सहयोग गर्ने बताए ।

सूचना केन्द्रमार्फत पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । यस्तै केन्द्रमा पनौतीको सम्पूर्ण पर्यटकीय सूचनालाई व्यवस्थित बनाइने जनाइएको छ ।

सो अवसरमा पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रका पर्यटकीयस्थलको विकास, संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य भइरहेको बताए । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले पनौतीको विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पनौतीलाई धार्मिकरुपले परिचित गराउन भएका प्रयासलाई संस्थागत गरी पटकपटक पर्यटकको आगमन हुने गरी स्थानीयस्तरबाट हुनसक्ने सम्भावनालाई अघि बढाउँदै जाने लक्ष्य लिइएको केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले बताए । उनका अनुसार पनौती बजार प्रवेश गरेपछि यहाँको संस्कृति र सभ्यताका बारेमा पर्यटकले राखेको चासोलाई सूचना केन्द्रले पूरा गर्न सकोस् भन्ने उद्देश्य राखिएको छ । पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

पनौती पर्यटन विकास केन्द्रले यसअघि एक सय आठ प्रकारका कार्यक्रम गरेको उल्लखे गर्दै संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौतीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थापित केन्द्रमार्फत थप सहयोग पुग्ने बताए । पर्यटन विकास केन्द्रलाई पनौती नगर कायालयले बर्षेनी आर्थिक सहयोग गर्दै आएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?