Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना


१२ श्रावण, काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं परातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो ।

बाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले एक कायक्रमका बीच बिहीबार उक्त केन्द्रको कार्यालय उद्घाटन गरे । उनले पनौतीलाई धार्मिकरुपमा चिनाउन, पर्यटकको आगमनलाई वृद्धि गराउन, धार्मिक पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउँदै पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियामा सहयोग गर्ने बताए ।

सूचना केन्द्रमार्फत पर्यटकलाई पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । यस्तै केन्द्रमा पनौतीको सम्पूर्ण पर्यटकीय सूचनालाई व्यवस्थित बनाइने जनाइएको छ ।

सो अवसरमा पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रका पर्यटकीयस्थलको विकास, संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य भइरहेको बताए । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले पनौतीको विकास र समृद्धिमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पनौतीलाई धार्मिकरुपले परिचित गराउन भएका प्रयासलाई संस्थागत गरी पटकपटक पर्यटकको आगमन हुने गरी स्थानीयस्तरबाट हुनसक्ने सम्भावनालाई अघि बढाउँदै जाने लक्ष्य लिइएको केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले बताए । उनका अनुसार पनौती बजार प्रवेश गरेपछि यहाँको संस्कृति र सभ्यताका बारेमा पर्यटकले राखेको चासोलाई सूचना केन्द्रले पूरा गर्न सकोस् भन्ने उद्देश्य राखिएको छ । पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

पनौती पर्यटन विकास केन्द्रले यसअघि एक सय आठ प्रकारका कार्यक्रम गरेको उल्लखे गर्दै संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौतीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थापित केन्द्रमार्फत थप सहयोग पुग्ने बताए । पर्यटन विकास केन्द्रलाई पनौती नगर कायालयले बर्षेनी आर्थिक सहयोग गर्दै आएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?