Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका उत्पादन नेपाली बजारमा


काठमाडौं– अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण प्रारम्भ भएको छ । आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गर्नु भएको हो ।

आजबाटै देशभरी विक्रि वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रा.लिका अध्यक्षले जानकारी गराउनुभयो । नेपालमा ट्रु ड्रमाका बिभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु–मीका उत्पादन समेत बिक्री वितिरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिनुभयो ।

उत्पादनहरुलाई हामीले वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप विक्रिवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुररकाले भन्नुभयो, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं ।’

नायिका स्वस्तिमा खड्काले टु« ड्रमाले उत्पादन गरेका सामाग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मीका बिभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्राण््डसँग आफु जोडिएको बताउँनुभयो । उहाँले ट्रु मीका गुणस्तरीय उत्पादन नेपालमा ल्याउँनुभएकोमा सुशान्त मुरारकालाई धन्यवाद समेत दिनु भयो ।

कार्यक्रममा बोल्दै ट्रमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले भनुभयो, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएको तथा छाला बिशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वशनियता निहित छ। यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन् ।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुनेछन् । बजारमा उपलव्ध सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन् ।

त्यसैगरी, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट ( फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत कस्मेटिक उत्पादनहरु छन् ।ट्रु–मीका हेयर–केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभाबकारी रहेकोे कम्पनीको भनाइ छ ।


प्रकाशित मिति: २ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?