Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति


२२ वैशाख ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्धले दिएको सन्देशको पूर्ण पालना हुने सकेमात्र विश्व शान्ति कायम हुने बताएका छन् । २५६७औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “बुद्धको मध्यमार्गअनुसार शस्त्रअस्त्रको व्यापार, मानवबेचबिखन तथा विश्वव्यापार गर्नु पूर्णतः मिथ्या अजिविका हो भन्ने सन्देशलाई सम्पूर्ण क्षेत्रबाट आत्मसात् गर्न सके विश्व शान्ति कायम गर्न कुनै दुविधा हुने छैन । सकारात्मक ऊर्जाको विकास हुँदै जाने छ ।”

बुद्धले अगाडि सार्नुभएको पञ्चशीलको सिद्धान्तको पालनाले हाम्रो घर, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय जतगलाई सकारात्मक बाटोमा अभिप्रेरित गरिरहेको उनको भनाइ छ । उपराष्ट्रपति यादवले विश्व जगतमा व्याप्त हिंसा, आतङ्क, प्राणघातक नशालु पदार्थको प्रयोगको पूर्ण रोकथामका लागि बुद्धको उपदेशलाई दिनानुदिन प्रचारप्रसार गरेर लैजानु सबैका लागि सुखद् विषय भएको बताए । “नेपाल एक स्वतन्त्र अभिभाज्य, सार्वभौम सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, छुवाछूतमुक्त, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा अगाडि बढेको छ । यो ऐतिहासिक उपलब्धि हो, यसलाई कसैले बिर्सन हुँदैन”, उनले भने ।

उनले लोकतान्त्रिक गणतन्त्र नेपालमा दिगो सुख शान्तिसँगै समुन्नत राष्ट्र निर्माण गर्नेतर्फ आजको सङ्क्रमणकालीन अवस्थामा सम्बद्ध सबै पक्ष सुधारिएर लोकतान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध भई सहमति प्रणाली अङ्गालेर व्यवहारत परिवर्तन हुन सके राष्ट्रलाई तार्किक निष्कर्षमा पुर्याउन सकिने बताए । “त्यसलाई आत्मसात् गर्न स्वस्थ्य मानसिकताको विकास गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको विकास गर्नु नै आजको आवश्यकता हो । यसलाई सबैले हृदयङ्गम गर्नुपर्छ”, उपराष्ट्रपतिले भने ।

देशको सार्वभौमिकता, अखण्डता, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायत पहिचानको मुद्दामा ठेस नलागोस् भन्नेमा हामी सबै सतर्क र सचेत हुनुपर्नेमा जोड दिँदै उनले बुद्धले दिएका शिक्षा, दर्शन, संस्कृति तथा इतिहासलाई सरकारले जनभावनाअनुरुप यथोचित विकासका कार्यमा निरन्तर सहयोग गर्नुपर्ने बताए । उनले बुद्धको जन्मभूमि लुम्बिनीको गुरुयोजनालाई यथाशीघ्र सम्पन्न गर्ने र गराउनेतर्फ सरकारको ध्यानाकृष्ट गराए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता ड¬ङ्गोलले बुद्धले देखाएको बाटो र उहाँको अनुशरण सबैले गर्नुपर्ने बताईन् । समाजको जुनसुकै क्षेत्रमा रहेका व्यक्तिलाई पनि बुद्ध शिक्षाको महत्व रहेको भन्दै उनले बुद्धले देखाएको मार्गमा हिँड्न सबैले सक्नुपर्ने बताईन्।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?