Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि


११ वैशाख, एजेन्सी । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।

विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटलको एक कोठाको २४ घण्टाको औसत मूल्य १६ हजार १२५ येन (करिब १२० अमेरिकी डलर) रहेको छ । यो सन् २०१९ को सोही अवधिको तुलनामा करिब १५.७ डलरले बढी हो ।

एसटीआरको तथ्याङ्क अनुसार टोकियोमा होटलको औसत मूल्य २१ हजार ५८७ येन (करिब १६० डलर) अर्थात् देशकै सबैभन्दा बढी पुगेको छ । सन् २०१९ को तुलनामा यो १७ प्रतिशत बढी हो ।

एसटीआरले आन्तरिक यात्रालाई बढावा दिने उद्देश्यले सरकारी अनुदान कार्यक्रमको कार्यान्वयन र देशमा हालै कोभिड–१९ प्रतिबन्धहरू खुकुलो पार्नुका साथै येनको कमजोरी र बढ्दो उपभोक्ता मूल्यलाई पनि यो वृद्धिको श्रेय दिएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?