Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी


७ वैशाख, चितवन । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा आवश्यक पर्ने सबै सामग्री बुझाउन सुरु गरेको छ । उक्त कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझाउन थालिएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

“सुरक्षा प्रबन्धसहित कर्मचारी मतदान केन्द्रमा जाने तयारीमा हुनुहुन्छ, आज साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्नेछ भनेर निर्देशन दिइएको छ”, उनले भने, “निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर बुझाउने क्रम जारी छ ।”

प्रमख ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । उक्त नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता रहेकामा २१ मतदानस्थल र ५० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको उक्त कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाताका लागि आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाताका लागि ११ मतदानस्थल र २२ मतदान केन्द्र कायम गरिएको छ । व्यास नगरपालिकाका–५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाताका लागि २० मतदानस्थल र ४८ मतदान केन्द्र कायम गरिएको छ  ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?