Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

एपीएफले मछिन्द्रलाई हरायो


६ वैशाख, काठमाडाैँ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

एपीएफको जीतमा अर्मान्ड बेडोमले गोल गरे । उनले खेलको पहिलो हाफमा गरेको एक गोल नै एपीएफका लागि गोल निर्णायक साबित भयो । खेलको ३९औँ मिनेटमा कप्तान नवीन लामाको पासमा अर्मान्डले गोल गरेका हुन् ।

यस जितसँगै एपीएफ १० खेलबाट १४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । तेस्तै पराजित मछिन्द्रले १३ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा झरेको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?