Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एपीएफले मछिन्द्रलाई हरायो


६ वैशाख, काठमाडाैँ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

एपीएफको जीतमा अर्मान्ड बेडोमले गोल गरे । उनले खेलको पहिलो हाफमा गरेको एक गोल नै एपीएफका लागि गोल निर्णायक साबित भयो । खेलको ३९औँ मिनेटमा कप्तान नवीन लामाको पासमा अर्मान्डले गोल गरेका हुन् ।

यस जितसँगै एपीएफ १० खेलबाट १४ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । तेस्तै पराजित मछिन्द्रले १३ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा झरेको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?