Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह


जबसम्म सरकारी वकिलले मुद्दालाई आर्थिक प्रभावमा परेर बलियो वा कमजोर बनाउने काम गरिरहन्छन्, तबसम्म मुलुकमा सुशासन सम्भव छैन ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताएका हुन् । सांसद सिंहले नेपालमा वडा तहदेखि केन्द्रसम्मै भ्रष्टाचार संस्थागत भएको उल्लेख गर्दै जनसरोकारका सरकारी निकायहरूको आलोचना गरेका छन् । प्रहरीको मुद्दा फाँट, सरकारी वकिल कार्यालय, मालपोत र नापी कार्यालयमा आज पनि सर्वसाधारणले घुस नदिई काम गराउन नसक्ने र कर्मचारीबाट दुःख पाउने गरेको उनले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि चर्चा गर्दै सांसद सिंहले प्रमुख आयुक्त र आयुक्तहरूलाई राजनीतिक दलका नेता वा प्रधानमन्त्रीले आफ्नो अनुकूल चलाउन खोजेको आरोप लगाएका छन् । संवैधानिक निकायहरू राजनीतिक प्रभावबाट पूर्णतः मुक्त हुनुपर्नेमा जोड दिँदै उनले ठूला भ्रष्टाचारका काण्डहरूमा अख्तियार मौन बस्ने तर साना कर्मचारीलाई मात्र कानुनी दायरामा ल्याउने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भने, ‘जबसम्म सरकारी वकिलले मुद्दालाई आर्थिक प्रभावमा परेर बलियो वा कमजोर बनाउने काम गरिरहन्छन्, तबसम्म मुलुकमा सुशासन सम्भव छैन । सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान जस्ता निकायहरूले प्रभावकारी रूपमा काम गरेको भए अख्तियारको यति धेरै खाँचो पर्ने थिएन ।’

अदालत र अख्तियार जस्ता निकायमा बिचौलियाहरूको प्रभाव बढेको दाबी गर्दै उहाँले कानूनको नजरमा सबै समान हुनुपर्ने बताएका छन् । सांसद सिंहले संवैधानिक निकायहरूमा सेवानिवृत्त कर्मचारीहरूलाई नियुक्ति गर्ने विद्यमान प्रथा अन्त्य गर्न सुझाव दिएका छन् । नियुक्ति प्रक्रियामा सुधार नभएसम्म देशमा सुशासन कायम नहुने जिकिर गर्दै उनले संवैधानिक निकायका प्रमुखहरू प्रधानमन्त्रीको निम्तोमा बालुवाटार धाउने परम्परा बन्द हुनुपर्ने बताएका छन् । उनकाअनुसार यस्ता निकायका पदाधिकारीले आफ्नो पदको गरिमा र स्वतन्त्रता अक्षुण्ण राख्नुपर्छ ।


प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?