Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन


लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन

काठमाडौँ । त्रिभूवन आर्मी क्लवका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् ।

लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवकार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेण्ड समय निकाल्दै पहिलो भए । हाफ म्याराथन (२१ किलोमिटर) महिलातर्फ पूर्णलक्ष्मीले एक घण्टा १७ मिनेट १० सेकेन्ड मा दूरी पूरा गर्दै उपाधि जितिन् । उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई हराउँदै च्याम्पियन भएकी हुन् । ४२ किलोमिटर म्याराथनमा आर्मीकै खेलाडीले वर्चश्व जमाए । आर्मीका सुशीलकुमार शाही र नरेन्द्रसिंह राउत क्रमशः दोस्रो र तेस्रो भए । सुशीलकुमार दुई घण्टा १८ मिनेट १६ सेकेण्ड र नरेन्द्रसिंहले दुई घन्टा १९ मिनेट ५८ सेकेण्ड समय निकाले । चिनका वाङ ची (२.२१ः०५ सकेण्ड) चौथो, केन्याका जुलियस वाकोमे (२.२३.०० सकेण्ड) पाँचौँ, दलबहादुर कुुँवर (२.२४.०७ सकेण्ड) छैटौं, इशाह नुन्गु (२.२५ः४२ सकेण्ड) सातौं, कुलबहादुर बस्नेत (२ः२८.१७ सकेण्ड) आठौं, हरि रिमाल (२.२९ः२० सकेण्ड) नवौं र कर्णबहादुर रोकामगर (२ः३४.२० सकेण्ड) दशौं स्थानमा रहे ।

हाफ म्याराथन महिलामा सन्तोषी श्रेष्ठ एक घण्टा १८ मिनेट ४० सेकेण्डसहित दोस्रो स्थानमा नै सिमित भइन् । उनी यसअघि दोस्रो र तेस्रो संस्करणको च्याम्पियन हुन् । निशा शर्की एक घन्टा १९ मिनेट १९ सेकेन्डका साथ तेस्रो भइन् ।

महिलातर्फ सुनसरी रोकाया एक घण्टा २१ मिनेट ४६ सेकेण्डसहित चौथो, चीनकी रुवान शेइङ एक घण्टा २२ मिनेट ३८ सेकेण्डसहित पाँचौं तथा कल्पना बुढा एक घण्टा २५ मिनेट ७ सेकेण्डसहित छैटौं स्थानमा रहिन् ।
पुरुष म्याराथनमा विजेता विनोदले तीन लाख ५० हजार, दोस्रो भएका सुशीलले दुई लाख ५० हजार र तेस्रो नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । हाफ म्याराथनमा शीर्ष १० स्थानमा रहने धावकले क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार रुपैयाँ पाए ।

भेट्रान्स पाँच किमी दौडमा धर्म महर्जन पहिलो भए । रामचन्द्र श्रेष्ठ दोस्रो र रेवतबहादुर दाहाल तेस्रो भए । पुरुष पाँच किलोमिटर खुला दौडमा नेपाल पुलिस क्लबका नागेश्वर अहिर पहिलो, आर्मीका रुपेश कार्की दोस्रो र भारतका प्रिन्स निसाद तेस्रो भए । पाँच किलोमिटर दौड गल्र्समा दीपशीखा शाही, स्वस्तिका शाही र अन्तिमा बुढा शिर्ष तीन स्थानमा रहे । पाँच किलोमटर ब्वाइजमा युवराज बुढाले पहिलो, रमेश बुढाले दोस्रो र अरविन्दकुमार यादवले तेस्रो स्थान प्राप्त गरे । म्याराथनकै अवसरमा तीन किलोमिटर वाकाथन पनि आयोजना भयो । पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो । विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी पिस म्याराथनका संयोजक अशोक वज्राचार्यलगायतले नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भारत, चीन र केन्याका खेलाडीहरूको सहभागिता रहेको थियो । शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त म्याराथनले खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?