काठमाडौँ । जलवायु परिवर्तन, लैङ्गिक विभेद, वालविवाह लगायतका समस्यासम्बन्धी चित्रकला प्रर्दशनी आयोजना गरिएको छ ।
युवा र प्लान ईन्टरनेसनलको संयुक्त सहकार्यमा शनिवार पाटन दबरबार क्षेत्रमा उक्त प्रर्दशनी गरिएको हो । प्रदर्शनीमा १६ देखी २९ वर्षसम्मका युवाहरुको ५० भन्दा बढी चित्रकलाहरु प्रदर्शन गरिएको थियो । युवा संस्थाकी प्रजेक्ट कोअर्डिनेटर नविना तिवारीले जलवायु परिवर्तन, लैङ्गिता, बालविवाह लगायतका समस्या र त्यसको समाधान चित्रकलामार्फत उजागर गर्ने उद्कदेश्यले प्रदर्शनी आयोजना गरिएको बताइन् । उनले चित्रकलासँगै कविताहरु पनि वाचन गरिएको जानकारी दिइन् । उनकाअनुसार फेब्रुअरी महिनाबाट देशका विभिन्न क्षेत्रका युवाहरुको आर्ट अनलाईन तथा भौतिक रुपमा संकलन गरिएको थियो । सोही संकलन गरेका आर्ट प्रदर्शन तथा कविता शनिवार वाचन गरिएको हो । प्रदर्शनीमा मिथिला आर्ट पनि प्रदर्शन गरिएको थियो ।
उनले भनिन् , ‘हामीले युवाहरुवाट १६ देखि २९ वर्षसम्मका अनलाईनबाट आर्ट संकलन गरेका थियौँ, त्यसैपरि भौतिक रुपमा पनि हामीले आर्ट वर्कसपहरु गरेका थियौँ । हामीले फरक फरक ठाउँबाट जलवायु परिवर्तन, लैङ्गिता, वालविवाहका वारेमा आर्टमार्फत जानकारी लिएका थियौँ । अनलाईन र भौतिक रुपमा आर्ट संकलन गरेर हामीले यहाँ सोकेश गरेका हौँ । ५० वटा भन्दा बढी आर्टहरु थियो । जनकपूरबाट मिथिला आर्ट पनि यही थिममा रहेर सोकेस गर्नुभएको छ ।’
युवा संस्थाको युथ एक्टिभेस लिडर काउन्सिलमा कार्यरत स्नेहा भट्टले सबैभन्दा ठूलो समस्याको रुपमा रहेको जलवायु परिवर्तनलाई निर्वारणको लागि चित्रकलाबाट वकालत गर्न खोजिएको बताइन् ।
उनले हरेक वर्ष प्रर्दशनी हुँदै आएको पनि जानकारी दिएकी छिन् ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार