Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए


सर्वोच्च अदालतको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १५ प्रतिशत

एजेन्सी । ट्रम्पले विश्वव्यापी ट्यारिफ १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ विश्वव्यापी ट्यारिफलाई १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको हो ।

यो घोषणा सर्वोच्च अदालतको फैसलाको एक दिनपछि आएको हो । जसले उहाँको पुरानो ट्यारिफ नीतिलाई अवैध ठहर गरेको थियो । उहाँले धेरै देशहरूले दशकौंदेखि अमेरिकालाई ‘ठगिरहेको’ आरोप लगाउँदै यो कदम चालेको बताउनुभएको छ । यसअघि शुक्रवार सर्वोच्च अदालतले ६–३ मतले ट्रम्पको अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लगाइएको ट्यारिफ अवैध ठहर गरेको थियो । अदालतको फैसलापछि ट्रम्पले तुरुन्तै १० प्रतिशत विश्वव्यापी आयात शुल्क लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । अब उहाँले यो दरलाई १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत अधिकतम अनुमति प्राप्त १५ प्रतिशत पु¥याउनुभएको छ । यो ट्यारिफ अस्थायी रूपमा १५० दिनसम्म लागू हुन सक्छ । जबसम्म कंग्रेसले विस्तार गर्दैन । ट्रम्पले आगामी केही महिनामा थप नयाँ र कानूनी रूपमा अनुमति प्राप्त ट्यारिफहरू निर्धारण गर्ने बताउनुभएको छ ।

उहाँले यो कदम ‘अमेरिकालाई महान बनाउने’ अभियानको हिस्सा भएको र यसलाई अझ बढी सफल बनाउने उल्लेख गर्नुभयो । यो घटनाले विश्व व्यापारमा नयाँ अनिश्चितता थपेको छ । विशेष गरी अमेरिकाका मुख्य व्यापार साझेदारहरू जस्तै क्यानडा, मेक्सिको, चीन, युरोपेली संघ र बेलायतमा प्रभाव पार्नसक्छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?