Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा


चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व, सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्दैछन् ।

२०७९ को निर्वाचनमा ओली, दाहाल र नेपाल आ–आफ्नो क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक भने कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी मैदानमा छैनन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार देशभर १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी छ ।


प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?