Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउन सांसदको माग


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गरेकी छिन् ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग राखीन् । उनले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताईन् । उनले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराईन् । उनले विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेको बताउँदै इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएकोप्रति दुःख व्यक्त गरीन् । उनले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिलाहरू, वृद्धहरू मारिएको र २० लाख बढी बेघरबार भएको बताईन् । उनले यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विपरीतको नरसंहार रहेको बताउँदै सहन सक्ने अवस्था नरहेको जिकिर गरीन् ।

उनले भनीन्, “अहिले पनि केही मात्रामा इरानमा नेपाली युवाहरू छन् । धेरै मात्रामा इजरायलमा छन् । त्यस कारण इरान र इजरायलमा हुने परिवारहरू आज विक्षिप्त छन् । उनीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था पनि छैन । सरकारले इजरायल र इरानमा रहेका नेपाली युवाहरूको अवस्था के कस्ता छ ? भन्ने जानकारी बुझेर सदनलाई जानकारी दिन आग्रह गर्न चाहन्छु । हामीलाई थाहा छ, विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेका छन् । यस क्रममा, इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएको छ । निर्दोष बालबालिका मारिएका छन्, महिलाहरू, वृद्धहरू मरेका छन् । २० लाख बढी बेघरबार भएका छन् । यो अन्तर्राष्ट्रिय कानुन विपरीत र मानवअधिकार विपरितको नरसंहार घटना कसैले पनि सहन सक्ने अवस्था छैन ।”

पछिल्लो समय विभिन्न देशहरूबिच बढेको युद्धले तेस्रो विश्वयुद्धलाई निम्त्याइरहेको जिकिर गरीन् । उनले विश्व युद्धले कुनै पनि मुलुकलाई ठिक नहुने बताईन् ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?