Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तिर्ण नभइ एनओसी दिने नहुने बताएका छन् ।

सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु नहुने बताए । उनले कक्षा १२ पास गर्दा उनीहरुको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको बताए । सबै राजनीतिक दलहरु एकमत भएर बोल्ड निर्णय गर्न जरुरी रहेको बताए । डिप्लोमा नगरी विदेश अध्ययन गर्न जानेकुराले देशको भविष्य अन्धकार हुँदै गएको बताएका छन् ।

मन्त्री पन्तले भने, ‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ । न उमेर पुगेको हुन्छ, भन्न मिल्छ की मिल्दैन, कतिपय कन्सलटेन्सीहरुले १०,१२,१५ लाख लिएर कोरियामा जानसाथ यति लाखको जागिर पाइन्छ भनेर पठाइदिएका छन् । ति युनिभर्सिटिहरु राम्रा होइनन् भन्नेछ । रोक्न खोज्यो सकिएन । यो अवस्थामा हाम्रो उच्च शिक्षा छ । बैंकबाट हेर्दा १ खर्ब केही अर्ब पुग्ला तर अवैध रुपमा उनीहरुले लैजाने पैसाको हिसाव हेर्दा २ खर्ब गइरहेको छ । सकिन्छ सकिँदैन तर राष्ट्रले एकमत भएर बोल्ड निर्णय गर्नुपर्छ । एक्स्ट्रा ट्यालेन्ट छ, राम्रो युनिभर्सिटीबाट छात्रवृत्ति पाउँछ, प्लस टु गरे पनि पठाइदिउँ । तर होइन भने नपठाऔँ । १ करोड खर्च गर्नेलाई ट्रम्पले बोरा बोकाएर पठाएको त देखिहाल्नुभयो । सम्भव भएसम्म राजनीतिक दलहरुले एकमत भएर निर्णय गरेन भने एउटा मन्त्रीले मात्रै सक्दैन । यो प्लस टु पास गर्नासाथ विदेश जानेकुरा रोक्न । होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिनेकुरा रोक्नुपर्छ । अहिलेको परिस्थितिले त्यही देखाउँछ ।’

मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्ने बताए । मुलुक भित्रभित्रै खोक्रो बनिरहेको र त्यसलाई रिफर्म गर्ने शिक्षा मन्त्रालय रहेको बताए । विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने भन्नेमा आफू चिन्तित रहेको र राति निन्द्रासमेत नलाग्ने गरेको बताएका छन् ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?