Trending
>>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला >>   मौसम : यी ३ प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्यायोः सांसद गिरी >>   काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु >>   बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की >>   गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार >>   बजेटमा प्रदेश सरकारहरुको मनपरीः सांसददेखि संग्रहालयसम्मलाई बजेट, स्रोतमा सङ्घकै भर >>   राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, बैठक भत्ता पनि नलिने >>   संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरिएको छः अध्यक्ष सिंह


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पारेका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समुदाय र समूहलाई आर्थिक लाभ दिने काम नगरेको बताए । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको बताए । उनले निर्माण क्षेत्रमा भने सोचेअनुसार समेट्न नसकेको बताए ।

अध्यक्ष सिंहले भने, ‘आगामी आर्थिक वर्षको बजेटलै कुनै एउटा समुदायलाई, कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम गरेको छैन । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको छ । निर्माण क्षेत्रलाई पनि समेट्ने कोशिस गर्दै गर्दा नीति तथा कार्यक्रम आउँदा जति उत्साहित थियौँ, निर्माण क्षेत्रमा रहेका समस्या राज्यले पहिचान गरिसकेको छ, यसलाई सम्बोधन गर्नेकुरा राज्यले प्राथमिकतामा राखेको छ भन्नेकुरा सोचेका थियौँ, बजेटबाट ति समस्या सम्बोधन गरिन्छ भन्ने थियो । केही कुराहरु समावेश भएका छन् ।’

अध्यक्ष सिंहले सरकारले निर्माण क्षेत्रमा भएका समस्या समाधान गर्नेकुरामा निर्माण व्यवसायीहरुले दिएका सुझावहरु समेट्न नसकेको बताए । रुग्ण योजनाहरु सम्बोधन गर्न बजेटमै नेपालको कर्मचारीहरुलाई सहज गरिदिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?