Trending
>>   बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा >>   बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छः विनोद चौधरी >>   पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा >>   मदिराजन्य आयातमा लाग्दै आएको भन्सार महशुल दरमा वृद्धि >>   बजेट पुरातनवादी छः प्रमुख सचेतक शाही >>   सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत >>   बजेटबारे पूर्वअर्थमन्त्री पुनको टिप्पणी – ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सिमित’ >>   बजेट सन्तुलित र उत्पादनमुखीः एमाले >>   सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न १ अर्ब विनियोजन >>   छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

आज मिति २०८२ साल वैशाख २९ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८१ साल वैशाख २९ गते सोमबार ( May 12 2025) वैशाख शुक्लपक्ष,पूर्णिमा, २१:३७ बजेपछि प्रतिपदा

मेष – अध्ययनको सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रवाह गर्नेहरुलाई रिझाएर महत्वपूर्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

वृष – काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढार्इ लेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घटना घटित हुनसक्छ ।

मिथुन – छोटो दुरीको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । अध्ययनमा विद्यार्थीहरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन तान्न सकिनेछ । प्रियजन भेट हुनेछ भने आथित्यपूर्ण सम्मान पाइने योग रहेको छ ।

कर्कट – पढाइ लेखाइमा ध्यान नजाँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यवसायमा लगानी गर्दा घाटा हुन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले कुनैपनि मुद्दा मामिलामा सामेल नहुनु होला ।

सिंह – अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्रा तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

कन्या – घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषी तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेको छ । तपाईंले सुरु गर्नुभएका काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खँदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

तुला – छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तव्यमा पुग्नुभन्दा पहिले नै विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यवसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नको लागी केहि समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग असमझदारी बढ्नाले दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

वृश्चिक – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु – कामहरु स्वत स्फूर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुका साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

मकर – स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला, तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुश्कि रहेको छ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेको छ, भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेको छ ।

कुम्भ – घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत् आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेको छ ।

मीन – राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?