Trending
>>   राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा >>   कृषियोग्य जमिन बाँझो राख्न नपाइने >>   युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता >>   निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भुमिकामा स्थापित गर्ने >>   युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता >>   अनुगमन तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पती शुद्धिकरणको सघन अनुगमन सूचिमा >>   बजेट भाषण (प्रत्यक्ष प्रसारण) >>   अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >>   दक्षिण कोरियामा सैन्य विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यको मृत्यु >>   राजावादीहरुको व्यवस्था विरोधी प्रदर्शन (तस्बिरहरु)
Logo
१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको बताएका छन् ।

आईतवार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले लुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई अगाडी बढाउन नसकिने बताउँदै विभिन्न महत्वपूर्ण विषयहरूलाई सम्बोधन गर्न अहिलेको सरकार बनेको जिकिर गरेका छन् । उनले वर्तमान व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी गरेको स्मरण गरेका छन् । उनले संविधानले सामाजिक न्याय, समानता, मौलिक हकहरू र राज्यका निर्देशन सिद्धान्त र नीतिहरू सुनिश्चित गरेको बताउँदै तिनीहरूलाई सम्बोधन गर्नुपर्ने आजको आवश्यकता दुई ठूला दल एक ठाउँमा आएको जिकिर गरेका छन् ।

उनले भने, “हामीले जुन प्रणाली स्थापना गर्यौं, जुन व्यवस्था ल्यायौँ, त्यस व्यवस्थालाई कार्यान्वयन गर्दै समाजमा रहेको गरिबी र पछौटोपन हटाउने सङ्कल्पका साथ संविधान जारी ग¥यौ । संविधानले सामाजिक न्याय र समानताको प्रत्याभूति गर्यौ । मौलिक हकहरू सुनिश्चित गर्यो । राज्यका निर्देशन सिद्धान्त र नीतिहरू के हुन ती पनि निर्दिष्ट ग¥यो । यी सबै कुराहरूलाई ध्यानमा राखेर राष्ट्रको आजको आवश्यकता यिनीहरूलाई सम्बोधन गर्ने हो । स्थिरता र स्थायित्व बिना यिनीहरूलाई सम्बोधन गर्न सकिँदैन भनेर यो सरकार आएको हो । स्थिरता र स्थायित्व बिना न यस्ता महत्वपूर्ण विषयलाई सम्बोधन गर्न सकिन्छ, न त सुशासन र विकासको गतिलाई अगाडी बढाउन सकिन्छ । तसर्थ, अहिलेको सरकार बनाउनै पर्ने आवश्यकता परेर बनेको हो ।”

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको आकाङ्क्षाहरूलाई पूरा गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?