Trending
>>   गाजामा इजरायली हवाई आक्रमणमा ३३ जनाको मृत्यु >>   नैरोबीमा संयुक्त राष्ट्रसंघीय आवास सम्मेलन शुरु >>   स्पेनमा गोदाम भत्किँदा ३ जनाको मृत्यु >>   इस्तानबुलमा बाल्कन देशका रक्षा प्रमुखहरूको क्षेत्रीय सहयोगबारे छलफल >>   मोटोपन नियन्त्रण गर्न चिनीयुक्त पेय पदार्थमा सरकारी कारबाही अष्ट्रेलियालीको समर्थन >>   अस्ट्रेलियाली मुद्रास्फीति २.४ प्रतिशतमा स्थिर >>   बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी >>   अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा >>   मौसम : बंगालको खाडीबाट आएको हावाको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव ,यी प्रदेशमा भारी वर्षा हुने >>   आज मिति २०८२ साल जेठ १६ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

आज मिति २०८२ साल वैशाख २५ गते बिहिबार ,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८१ साल वैशाख २५  गते बिहिबार ( May 08 2025) वैशाख शुक्लपक्ष,एकादशी, १४:११ बजेपछि द्वादशी

मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला ।

बृष – व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भूमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ ।

मिथुन – नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ ।

कर्कट – सरकारी तथा दैनिक काम गर्दा ध्यान दिनुहोला । अप्रिय निर्णयको सिकार होइएला । लामो दूरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ ।

सिंह – नसोचेका ठाउँमा रुपैयाँपैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ ।

कन्या – दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

तुला – काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ ।

बृश्चिक – पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनुपर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ ।

धनु – पहिलेका कमीकमजोरीलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागी केहि समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ ।

मकर – न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ ।

कुम्भ – विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला ।

मीन – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ ।


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?