
एजेन्सी। इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन । छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उनले संकेत गरेका छन् । ओमानले आफ्नो मध्यस्थकर्ताको भुमिका भने कायम राख्ने न को भनाइ छ । बगाईले मस्कटले आगामी चरणको लागि नयाँ स्थानको समन्वय गर्ने बताए ।
उनले वार्ताको प्रारम्भिक चरणको आयोजनामा ओमानको भुमिकाको लागि प्रशंसा व्यक्त गरेका छन् ।
प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार