
एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो । जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले सबै घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई उन्नत चिकित्सा उपचारको लागि क्वेटा सारिएको छ । लक्षित कर्मचारीहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए ।
बलुचिस्तान नेशनल पार्टी–मेंगलद्वारा आयोजित धर्ना विरोध प्रदर्शनको सुरक्षाको लागि तैनाथ गरिएको थियो ।
प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार