Trending
>>   कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी >>   भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने >>   प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट >>   भारत नियन्त्रित कश्मीरमा २५ पर्यटकको मृत्यु >>   अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले >>   महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु >>   भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा लाई मतलव छैनः उपसभापति गुरुङ >>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता >>   प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

‘नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो’


काठमाडौँ। नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ ।

नेपालमा रहेका दुई वटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो ।

भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराएका छन्। अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ ।

उनले भने, “नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।”

निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौँ, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् ।

महानिर्देशक कर्णले भने, “निर्यातलाई प्रोमोशन गर्नको लागि जुन देशमा हामी खाद्यवस्तुहरू निर्यात गर्न खोजेका छौँ त्यो देशको हामी जस्तै खाद्य स्वच्छता नियामक निकायहरूले हाम्रो प्रयोगशालालाई र हाम्रो परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्छ र हामीले मान्यता लिनुपर्छ । त्यो भयो हाम्रा खाद्यवस्तुहरू जुन देशमा निर्यात गर्न खोजेका छौँ, त्यही गएर उहीँको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता हट्छ । यसलाई मध्यनजर गरेर हामीले केही महिनादेखि भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया –एफएसएसएआईसँग मान्यताको लागि विविध चरणमा विभिन्न कामहरू गर्दै आइरहेका थियौँ । यहीँ अप्रिल ४ देखि हामीले मान्यता पाएका छौँ ।”

भारतले मान्यता दिएसँगै नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ । यसले नेपालबाट परीक्षण भई प्रमाणपत्र दिएर भारत निर्यात भएका समानहरूको पुनः भारतको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता नहुने उनले बताएका छन् । उनले नेपाली राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र लगिसकेपछि भारतको भन्सारले त्यसलाई प्रक्रिया पुराएर जारी गर्ने उनले बताए ।

उनले भने, “अहिलेलाई ८ वटा खाद्यवस्तुहरू (जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायत)को परीक्षण गरी निर्यात गर्छौं । यसले हामीलाई धरै फाइदा हुन्छ । एउटा त यहाँबाट सिर्जित परीक्षण प्रतिवेदन विश्वले मान्यता दिन्छ । त्यही आधारमा उनीहरूले सिफारिस गर्ने हो । सिफारिस भइसकेपछि हाम्रा खाद्यवस्तुहरू जसले निर्यात गर्नुहुन्छ नेपाली व्यवसायीहरूले, त्यो अब भारतको भन्सारमा गइसकेपछि फेरि भारतको अन्य प्रयोगशालाबाट परीक्षण गराउनुपर्दैन । त्यसको लागि यहाँको राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र यहाँबाट लगिसकेपछि त्यो सिधै भारतको भन्सारले त्यसलाई प्रक्रिया पु¥याएर जारी गर्छ, त्यो सहज हुन्छ ।”

अन्तर्राष्ट्रिय पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने महानिर्देशक कर्णले बताए । नेपाली खाद्यवस्तुहरू भारतमा पुगेर परीक्षण गरिसकेपछि उक्त खाद्यवस्तु न्युन गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने उनले बताएका छन् ।

महानिर्देशक कर्णले भने, “यसबाट व्यवसायीहरूको लागतको कुरा पनि छ । ४÷५ वटा ल्याव (भारतका लखनउ, कोलकाता, नयाँ दिल्ली) बाट मात्रै परीक्षण गराउनुपर्ने बाध्यता थियो, अब त्यो हट्यो । त्यसबाट सिर्जित लागत धेरै थियो, त्यो घट्ने भयो । साथै, भारतमा पुगेर परीक्षण गरिसकेपछि त्यो खाद्यवस्तु न्युन गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता हटेको छ ।”

विभागले यो एउटा सुखद् शुरुवात भएको बताउँदै व्यापारमा सहजीकरण र निर्यात बढ्ने विश्वास लिएको छ । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्ने र यो ठूलो उपलब्धि भएको विभागले जनाएको छ । विभागले अब व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडी नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने बताएको छ ।

विभागका महानिर्देशक कर्णले भने, “व्यापारमा सहजीकरण हुन्छ । हाम्रो निर्यात बढ्छ । एउटा यो शुरुवात भएको छ । अहिले बिना शर्त हाम्रो ल्यावको सिफारिस भएको छ । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्छ भन्ने हाम्रो विश्वास छ । तर अब व्यवसायीहरूले प्लान चाहीँ गर्नुपर्छ । कहिले निर्यात गर्ने हो ? त्यो भन्दा १०÷१५ दिन पहिले नै निवेदन दिनुपर्छ । आफ्नो उद्योगको निरीक्षण गराउने, ब्याच प्रमाणीकरण गराउने र नेपाल सरकारले तोकेको स्तर बमोजिमको रिपोर्ट आयो र भारतमा निर्यात गर्नको लागि सोही अनुसार नै स्टान्डर्स भयो भने सोही अनुसारको प्रमाणपत्र दिएर हामी सहजीकरण गर्छौं ।”

विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्डको टोली नेपाल आएर मूल्याङ्कन गरेको थियो । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पु¥याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?