Trending
>>   प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट >>   भारत नियन्त्रित कश्मीरमा २५ पर्यटकको मृत्यु >>   अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले >>   महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु >>   भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा लाई मतलव छैनः उपसभापति गुरुङ >>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता >>   प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम >>   ११ गते देखि हुने कक्षा १२ को परीक्षा सर्यो ,२१ गते देखि हुने >>   सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको इजरायली सैनिकको दाबी


एजेन्सी। इजरायल रक्षा बलले सोमवार गाजामा पत्रकारको रूपमा प्रश्तुत हमास लडाकुलाई निशाना बनाएको र दक्षिणी लेबनानमा हेज्बुल्लाह कमाण्डरलाई मारेको बताएको छ ।

सैनिक र आन्तरिक सुरक्षा सेवा शिन बेटले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा हमासका आतंकवादी हसन अब्देल फताह मोहम्मद असलिहलाई प्रहार गरेको बताएको छ । जो पत्रकारको भेषमा काम गर्ने गरेका बताइएको छ । हमासको खान युनिस ब्रिगेडका सदस्य असलिहले अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा भाग लिएका थिए र जसको क्रममा उनले लुटपाट, आगजनी र हत्याको फुटेज सामाजिक सञ्जालमा दस्तावेजीकरण र अपलोड गरेका थिए ।

नोभेम्बर २७, २०२४ देखि लेबनानको हिज्बुल्लाह र इजरायल बीचको युद्धविराम सम्झौता लागू भएको छ । जसले गाजामा युद्धबाट शुरु भएको एक वर्षभन्दा बढी शत्रुताको अन्त्य गरेको छ । सम्झौताको बावजुद इजरायली सेनाले कहिलेकाहीं लेबनानमा आक्रमणहरू गर्ने गरेको छ ।


प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?