
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवर्ता भएको छ ।
शुक्रवार थाइल्याण्डमा दुवै देशका प्रधानमन्त्रीबीच शिष्टाचार भेटघाट भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार