Trending
>>   आज मिति २०८१ साल चैत्र २५ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   के हो शिघ्रस्खलन ,कसरी थाहा पाउने ? >>   अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा अग्रज पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान >>   नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट >>   नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै >>   नेपाल आउने विदेशीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुने व्यवस्था गर्दै बोर्ड >>   काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार >>   देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला >>   कुलमान घिसिङको पक्षमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु) >>   १५ वर्षपछि डच स्केभेनिङ्गेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए
Logo
२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

प्रदर्शनकारीहरुले सिंहदरबार, संसद र एयरपोर्ट कब्जा गर्ने भनेपछि बल प्रयोग गरेका हौंः प्रहरी प्रमुख थापा


काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तीपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारीहरु अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको बताएका छन् । उनले प्रदर्शनकारीहरुले सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताएका छन् । स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उनको भनाइ छ । उनले प्रहरीलाई नै मार्नेगरी बुलेट गाडी चलाइएको समेत बताए । उनले प्रहरीले शान्तीपूर्ण आन्दोलन गर्छौं भनेकै कारण दुर्गा प्रसाईंलाई फेरि मञ्चतिर पठाइएको स्पष्टिकरणदिंदै उनले आन्दोलन शुरु हुनुभन्दा अगाडि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषणहरु गर्ने गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपरेको बताएका छन् । उनले प्रहरी आफैंले मञ्चमा अश्रुग्याँस नहानेको दाबी पनि गएका छन् ।

उनले भने, ‘त्यहाँबाट बुलेट गाडी आयो, त्यस्तो हामीले सोचेका पनि थिएनौं । मेरो २९ वर्षको जीवनमा प्रहरी मार्नेगरी यसरी कुनै गाडी आएको थिएन । त्यसपछि हाम्रो कमाण्डरले उहाँलाई नियन्त्रणमा लिएर झार्ने काम गर्यो । त्यहाँबाट हामीले उहाँलाई मञ्चमा पठाएका हौं । उनी पुग्नुभन्दा अघि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, एकथरि मञ्चमै उत्तेजक भाषणहरु गर्ने काम गरिरहनु भएको थियो । त्यसपछि मिनभवनको पुलभन्दा पारी अश्रुग्यास हानिएको हो । आन्दोलनकारी झुण्डझुण्ड भएर आक्रमण सुरु गरे । त्यहाँ नियन्त्रण गर्दागर्दै आन्दोलनकारी बाहिर गए । संसद, सिंहदरबार, एयरपोर्ट कब्जा गर्ने भनेपछि त्यसै अनुसार बल प्रयोग गर्ने चल्यो । ग्याँस सेल हामीले म्याद नाघेकोबारे जानकारी भएन । हामीले नष्ट नगरेको र मौज्दातमा रहेको ग्याँस हामीले प्रहार गरेका हौं । तर म्याद नाघेको हान्यो भनेर अफवाह कसरि आयो ?’

नेपाल प्रहरीको लागुऔषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलनस्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको बताए । उनले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको बताउदै अन्यमाथि राजद्रोह र उप्रदो अपराधमा अनुसन्धान भइरहेकोको उल्लेख गरेका छन् । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा २ जनाको मृत्यु भएको उनले बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?