Trending
>>   आज मिति २०८१ साल चैत्र २५ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   के हो शिघ्रस्खलन ,कसरी थाहा पाउने ? >>   अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा अग्रज पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान >>   नयाँ वर्षको अवसरमा सिजीका उत्पादनमा ३० प्रतिशतसम्मको छुट >>   नेपाली सेनाले तेस्रो गोरखा ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ गर्दै >>   नेपाल आउने विदेशीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुने व्यवस्था गर्दै बोर्ड >>   काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार >>   देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला >>   कुलमान घिसिङको पक्षमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु) >>   १५ वर्षपछि डच स्केभेनिङ्गेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए
Logo
२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन्ः राप्रपा उपाध्यक्ष तामाङ


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गरेका छन् । अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको बताए । गणतन्त्रवादी दलहरुले राजामा भुत देखेका कारण फोटो देखेपनि तर्सिने गरेको उनको भनाइ छ । उनले आफूहरु स्पष्ट रुपमा अभिभावकको रुपमा राजसंस्था राख्ने एजेण्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरेका छन् ।

उनले भने, ‘राजामा किन भुत देख्नुहुन्छ तपाईंहरुले ? कसैले फोटो खिच्दैमा यस्तो भन्न मिल्दैन । म राजासंस्था हुनुपर्छ भन्ने मान्छे हो यसमा दुईमत नै छैन । मेरा छोराछोरिलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर मरेपछि जेसुकै गर भन्छु । त्यसकारण मैले बुझेको त्यो संस्थाबाट यो काम हुँदैन । यहाँ मान्छेहरुले भनेका छन् २०१७ पछिको राजसंस्था । त्यस्तो होइन हामी त राजसंस्थालाई अभिभावकको रुपमा राखौं भन्ने एजेण्डा बोकेर हिँडेको मान्छे हो नि । ०१७ सालको राजसंस्था कसैले सोच्छ भने त्यो बौलाहा हो ।’

उनले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?