
काठमाडाैं । चैत १५ गते भएको राजावादीहरुको लुटपाट्पुर्ण आन्दोलन को क्रममा कोटेश्वरको भाटभटेनी बाट महंगा ब्रान्डका ब्ल्याक लेबल, ब्यू लेबल जस्ता ह्विस्की चोर्दै गरेको सीसीटीभी फुटेज मा देखिएका ब्यक्ति अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टर रहेका रास्वपाका खोटाङ जिल्ला सभापति राजकुमार राई रहेनछ ।
फ्रस्ट्रेसनमा रहेका युवाहरूलाई उचालेर आफ्नो दुनो सोझ्याउने रवि बालेन प्रवृत्ति अन्ततोगत्वा अराजकता र अपराधमा परिणत हुनेछ र पढे लेखेका र बौद्धिक व्यक्ति पनि चोर र लुटेरामा परिणत हुने स्थिति देखियो। क्षणिक रुपमा दलहरुलाई नोक्सान र बालेन रवि र पूर्व राजा ज्ञानेन्द्रलाई नाफा जस्तो देखिएला मुलत यो प्रवृत्तिले देशलाई सखाप गर्नेछ l मुलुक अनियन्त्रित अस्थिरतामा जानेछ l कोही मान्छे पनि सुरक्षित हुने छैन l त्यसैले सिङ्गो समाज बुद्धिजीवी पत्रकार राजनीतिक दलहरू यसका विरुद्ध एकजुट भएर उभिने र प्रतिवाद गर्नुपर्ने बेला भइसकेको छ।
प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार