Trending
>>   रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ? >>   वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा महिलाको शव फेला >>   स्पेनी प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपतिलाई अर्थहीन व्यापार युद्ध अन्त्य गर्न आह्वान >>   म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु >>   गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन >>   पत्रकार रजकको हत्याको बिरोधमा माईतीघरमा प्रदर्शन >>   आज मिति २०८१ साल चैत्र १६ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल >>   तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु >>   जित निकाल्ने काठमाडौं र ललितपुरको लक्ष्य
Logo
१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

चैत्र १९ गतेदेखि प्रधानमन्त्री थाइल्याण्ड भ्रमणमा जाने


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्ने भएका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो । प्रधानमन्त्री ओलीले चैत्र १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिनुहुने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । उनकाअनुसार बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा लगायतका मन्त्रीहरु सहभागी हुने पनि बताए ।

उनले भने, ‘२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको हो ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?