१२ जेठ, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् । यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक
१२ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने बताएको छ । महानगरको राजस्व विभागले करदाताका लागि प्रकाशित गरेको सूचनामा भनिएको छ, “संवैधानिक
१२ जेठ, ताप्लेजुङ । स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण
१२ जेठ, एजेन्सी । विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको
१२ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका
१२ जेठ, काठमाडाैँ । त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारीलाई अघि बढाइने जनाइएको छ
१२ जेठ, हेटाैँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए । उनले व्यवस्था फेरिए
१२ जेठ, हुम्ला । राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । गत मङ्गलबार मौसममा बदली भई वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो । लगातार वर्षा भइरहेका कारण हवाई सेवा दुई दिनदेखि बन्द रहेको नागरिक उड्डयन प्राधिकरण सिमकोट स्टेसनका प्रमुख मोहन
१२ जेठ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भन्नुभएको रुसी समाचार एजेन्सीले
१२ जेठ, तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका –५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उनका छोरा वर्ष ३२ को थमन गुरुङ बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव