२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक
२५ असार, काठमाडाैँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलब सात प्रतिशतले वृद्धि भएको छ
२५ असार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन्। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक
२५ असार, काठमाडाैँ । चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर
२५ असार, एजेन्सी । बीबीसीका एक प्रस्तोताले एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौं पाउण्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ । यसअघि बेलायती संस्कृतिमन्त्री लुसी फ्रेजरले बीबीसीका महानिर्देशक टिम डेभीसँग आफूले यस विषयमा भेटी गम्भीर चिन्ता व्यक्त गरेको बताउनुभएको थियो । बीबीसीका एक प्रस्तोताले आफ्नो
२५ असार, काठमाडाैँ । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् । उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार ,
२५ असार, वीरगञ्ज । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने अभियान सुरु गरेको वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका २८ सार्वजनिक पोखरी तथा एक सय बिघाभन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको छ । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सुरु गरेको सो अभियानका क्रममा विभिन्न वडामा
२५ असार, काठमाडाैँ । आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका
२५ असार, काठमाडौं । शैक्षिक परापर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष शेषराज भट्टराईले निर्वाचनलक्षित पाँच प्रतिबद्धता गरेका छन् । अधिवेशनलाई स्वच्छ, मर्यादित र व्यवसायिक प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ उनले निर्वाचनपूर्वका प्रतिबद्धता सार्वजनिक गरेका हुन् । अधिवेशनलाई सशक्त नेतृत्व चुन्ने अवसरसँगै दूरगामी र प्रभावकारी नीति निर्माण
२५ असार, चितवन । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौं अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आइतबार मेलम्चीमा सम्पन्न अधिवेशनले उपाध्यक्ष बुढाथोकीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । खुला उपाध्यक्षमा निराेज चाैलागाई चयन भएभने महिलातर्फ कमला पाख्रिन मनाेनित भएकी छन् । त्यस्तै सचिवमा अनिस तिवारी, सहसचिव