Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

समाचार


इमान बेच्नेहरूका लागि पार्टीको ढोका सँधै बन्द हुन्छ : रवि लामिछाने

२९ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द हुने बताएका छन् । चितवनमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका सँधै बन्द हुने बताएका हुन् । उनले भनेका छन्, 'मेरा दलका साथीहरूले इमान बिक्रीमा राखेका छन् भने

सिन्धुलीमा कार दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको खुल्यो पहिचान

२९ चैत्र, सिन्धुली । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् ।दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली

वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही

२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको टिप्पणी गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको टिप्पणी गरेका हुन् । बैठकमा बोल्दै उनले भने, 'जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही

चिप्स उत्पादन गर्दै रामपुरका महिला

२९ चैत्र, पाल्पा । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ । रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा

हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा विजयराज न्यौपाने

२९ चैत्र, चितवन। विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गरेका डा विजयराज न्यौपाने अहिले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष भएका छन्। निरन्तरको मिहिनेतले उनलाई हेल्थ असिस्टेन्टदेखि अस्पतालको अध्यक्षसम्म पुर्‍याएको हो। यसबीचमा उनले गरेका सङ्घर्ष आफैँमा अनुकरणीय छन्। जिल्लाका

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

चैत्र २९, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज

२९ चैत्र, काभ्रे । धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

२९ चैत्र, काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण

साल्ट ट्रेडिङको अध्यक्षमा श्रेष्ठ चयन

२९ चैत्र, काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन भएका छन् । कर्पोरेसनको सञ्चालन समितिको बोर्ड बैठकले अध्यक्ष पदमा उनलाई चयन गरेको हो । नवनियुक्त श्रेष्ठ विगत आठ वर्षदेखि कर्पोरेसनको सञ्चालकका रूपमा कार्यरत थिए । उनले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्दै आएका

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

२९ चैत्र, नुवाकोट । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो

सम्वन्धित समाचारहरु