काठमाडौँ।नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिष्पर्धा हुने बताएका हुन् । थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताएका छन् ।
काठमाडौँ। नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीप्रतिको धरमराउँदै गएको जनविश्वास पुनःआर्जन गर्न आत्मसमीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएकी छिन् । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उनले पार्टीलाई शक्तिशाली र बलियो बनाउने विषय अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने बताएकी हुन् । उनले अब अरुले के गरे भन्नेभन्दा पनि एमालेले आफूलाई कसरी
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको बताएका छन् । उनले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । राजनीतिक नेतृत्वलाई पक्राउ
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारका विभिन्न समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले काँग्रेस वरिष्पठ उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमिमाथि प्रश्न उठाउँदै एनजीओ र आईएनजीओसँगको सम्बन्धबारे सार्वजनिक टिप्पणी गरेका छन् । शनिवार शेरबहादुर देउवा पक्षीय काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै बस्नेतले आफू मन्त्री नभएको भन्ने शर्माको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । शर्माले
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन काँग्रेस बाध्य हुने बताएका हुन् । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका