Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरे : नेत्रविक्रम चन्द


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् ।

झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको र हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउदै जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताएका छन् । उनले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘राजनीतिक अस्थिरता जनतको लागि अपाच्य भएको छ । जनताहरु थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले व्यहोर्नुपर्ने, हामीले रखडा गरेको राजश्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो । यसले आर्थिक क्षेत्रमा क्राइसिस भयो, राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको छ । पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्नैपर्छ ।’

संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको बताए ।


प्रकाशित मिति: ५ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?