Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

विदेशमा पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन !


  • कर्ण शाक्य

अवकाशपछि विदेशमा छोराछोरीसँग बस्न जानुहोस्। त्यहाँ पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन। त्यसर्थ, पेशाबाट अवकाश लिनु भन्दा पहिला, तपाईंको गाउँमा बाँझो जमिन छ भने सानो घर बनाइ हाल्नुहोस्। पानी र बिजुलीको व्यवस्था गर्नुहोस्। गाई-बाख्रा पाल्नुहोस्। घर वरिपरि बगैंचा र फलफूलका बिरुवा रोप्नुहोस्। जब सहरमा बाक्क दिक्क लाग्छ, गाउँको घरमा जानुहोस्। अर्गानिक खाना खानुहोस्। बगैंचामा घाम ताप्नुहोस्। बिरुवा छाँटकाँट गर्नुहोस्, पानी हाल्नुहोस् र गाईलाई घाँस खुवाउनुहोस्। चौतारीमा गाउँलेहरूसँग गफ गर्नुहोस्। जब फर्केर सहर जानुहुन्छ, तपाईं ताजा उर्जाले भरिपूर्ण हुनुहुनेछ! यसभन्दा सुन्दर जीवन के हुन सक्छ? गाउँ फर्कौँ!


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?