Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

विदेशमा पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन !


  • कर्ण शाक्य

अवकाशपछि विदेशमा छोराछोरीसँग बस्न जानुहोस्। त्यहाँ पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन। त्यसर्थ, पेशाबाट अवकाश लिनु भन्दा पहिला, तपाईंको गाउँमा बाँझो जमिन छ भने सानो घर बनाइ हाल्नुहोस्। पानी र बिजुलीको व्यवस्था गर्नुहोस्। गाई-बाख्रा पाल्नुहोस्। घर वरिपरि बगैंचा र फलफूलका बिरुवा रोप्नुहोस्। जब सहरमा बाक्क दिक्क लाग्छ, गाउँको घरमा जानुहोस्। अर्गानिक खाना खानुहोस्। बगैंचामा घाम ताप्नुहोस्। बिरुवा छाँटकाँट गर्नुहोस्, पानी हाल्नुहोस् र गाईलाई घाँस खुवाउनुहोस्। चौतारीमा गाउँलेहरूसँग गफ गर्नुहोस्। जब फर्केर सहर जानुहुन्छ, तपाईं ताजा उर्जाले भरिपूर्ण हुनुहुनेछ! यसभन्दा सुन्दर जीवन के हुन सक्छ? गाउँ फर्कौँ!


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?