Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

उपनिर्वाचनमा काङ्ग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने


१९ चैत ,काठमाडौँ । नेपाली काङ्ग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठकले २०७९ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनपूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।

यसैगरी बैठकले काङ्ग्रेस केन्द्रीय कार्यालय सञ्चालन निर्देशिका, २०७९ र कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावलीमा प्राप्त सुझावसमेतलाई समावेश गर्ने गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारमा मन्त्री पदको जिम्मेवारी प्राप्त गरेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र शहरी विकासमन्त्री सीता गुरुङलाई बधाई ज्ञापन गर्दै प्रभावकारी सफलताको कामना गरेको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकामा उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, सहमहामन्त्री महेन्द्र यादव, सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा र विशेष आमन्त्रित रमेश लेखकले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?