Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

उपनिर्वाचनमा काङ्ग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने


१९ चैत ,काठमाडौँ । नेपाली काङ्ग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठकले २०७९ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनपूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।

यसैगरी बैठकले काङ्ग्रेस केन्द्रीय कार्यालय सञ्चालन निर्देशिका, २०७९ र कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावलीमा प्राप्त सुझावसमेतलाई समावेश गर्ने गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारमा मन्त्री पदको जिम्मेवारी प्राप्त गरेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र शहरी विकासमन्त्री सीता गुरुङलाई बधाई ज्ञापन गर्दै प्रभावकारी सफलताको कामना गरेको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकामा उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, सहमहामन्त्री महेन्द्र यादव, सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा र विशेष आमन्त्रित रमेश लेखकले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?